१० मंसिर २०८१, सोमबार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको भावना अनुसार नआएको टिप्पणी गरेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको भावना अनुसार स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिनु भएको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले बजेटले स्थानीय नागरिकको भावनालाई समेट्न नसकेको भन्दै यसमा सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिनुभयो ।
प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रम पुरानै ढाँचामा आएकाले त्यसमा सहमति जनाउन सकिने अवस्था नरहेको बताउनुभयो । प्रमुख सचेतक खाँडले सिंहदरबारको अधिकार नागरिकमा पु¥याउने परिकल्पना सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो ।