१० जेष्ठ २०८३, आईतवार
काठमाडाैं । भाेलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ। उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन्।
सीडीओहरुकाे छलफलले विभिन्न १७ निर्णयहरु गरेकाे छ ।


१. अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने ।
२.अत्यावश्य सेवा बाहेकका कुनै व्यापार गर्न नपाइने ।
३. मालबाहक सवारी साधन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन बाहेक अन्य चलाउन नपाइने ।
४. कुनै पनि मेला, भेला जात्रा गर्न नपाइने ।
५. धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्न नपाइने ।
६. शैक्षिक संस्थाहरु तथा प्रशिक्षण केन्द्र बन्द ।
७. फुटपाथ तथा खुल्ला ठाउँमा गरिने व्यवसाय गर्न नपाइने ।
८. बैंकिङ सेवा लगायत विभिन्न निकायले भर्च्युअल वा विद्युतीय माध्यमबाट काम गर्नुपर्ने । न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षामा मापदण्ड पूर्ण रुपमा पालना गर्ने ।