राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

होमल्याण्ड खबर

२०७७ भाद्र ३ गते, बुधबार १०:४२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । आज विहान घिमिरेकै निवासमा पुगेर मन्त्री पोखरेलले घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएका हुन् ।घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।

राष्ट्रकवि घिमिरेको हिजो साझँ ५ बजेर ५५ मिनेटमा राजधानिको लैनचौरस्थित आफ्नै निवासमा निधन भएको हो। उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

घिमिरेको जन्म वि .सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनि जन्मिएको तीन वर्षमा आमा बितेकी थिइन ।