१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । यससँगै आज विहानबाट अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका आज (बिहीबार) बिहानैदेखि सुनसान देखिएको छ । स्थानीय प्रशासनले लागू गरेकाे निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ।
सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्। ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ। यसअघि कोरोना महामारीका कारण एक जना संक्रमित देखिएपछि सरकारले गत चैतबाट लकडाउन गरेको थियो । लकडाउन जारीरहँदा संक्रमित नघटेपनि सरकारले लकडाउन खुकुलो पार्यो ।लकडाउन खुकुलो पारेसंगै उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसंगै उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोछ ।

