लिदी पहिरो : थप ३ शव फेला, मृत्यु हुनेको संख्या २८ पुग्याे

होमल्याण्ड खबर

२०७७ भाद्र ४ गते, बिहीबार ११:१२ मा प्रकाशित

सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या २८ पुगेको छ । बेपत्ता ११ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८ वर्षीया ललिता दोङको शव  फेला परेको हो । गत शुक्रबार बिहान गएको पहिरोमा ३९ जना बेपत्ता भएका थिए । हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन् ।  तीमध्ये १४ बालबालिका छन् ।