कोरोनाबारे थप रणनीति बनाउन मन्त्रिपरिषदको बैठक बस्दै

होमल्याण्ड खबर

२०७७ भाद्र ४ गते, बिहीबार १६:५६ मा प्रकाशित

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि थप रणनीति बनाउन मन्त्रिपरिषदको बैठक बस्दैँछ ।

प्रधामन्त्री केपी शर्मा ओलीले बिहीवार अपरान्ह ५ वजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि त्यसबारे थप रणनीति बनाउन मन्त्रिपरिषद बोलाइएको बताइएको छ ।

सरकारले गत चैत ११ गतेबाट जारी गरेको लकडाउन साउन ७ गतेबाट अन्त्य गरेसगैँ  संक्रमित र मृतक संख्या थप बढेकाले सरकारले पुनः भदौँ ३ गते राति १२ बजेदेखी एक हप्ता काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । यस्तै स्थानीय तहहरुले संक्रमित भएका क्षेत्रमा लकडाउन तथा निषेधाज्ञा जारी गरेका छन् ।