थप ८३८ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३० हजार नाघ्यो

होमल्याण्ड खबर

२०७७ भाद्र ५ गते, शुक्रबार १६:४२ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८३८ जनामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर घर फर्किएका छन्् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको प्रवक्ता गौतमले बताए । देशमा संक्रिय संक्रमितको संख्या १२ हजार १३२ पुगेको छ । अहिलेपनि क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।