उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरस संक्रमण

होमल्याण्ड खबर

२०७७ भाद्र ५ गते, शुक्रबार १६:४७ मा प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा आज १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।