१० मंसिर २०८१, सोमबार
एजेन्सी । इटालियन क्लब इन्टर मिलानलाई हराउँदै सेभिल्लाले युरोप लिगको उपाधि जितेको छ । फाइनलमा इन्टरलाई ३-२ गोलले स्तब्ध बनाउदै उक्त उपाधि हातपारेको हो ।
खेलको चौथो मिनेटमा नै १-० को अग्रता लिएको इन्टरको लागि जारी खेलको पाचौं मिनेटमा नै रोमेरो लुकाकुले गोल गरि सुरुवाती अग्रता दिलाएका थिए , तर उक्त अग्रता सेभिल्लाले ७ मिनेट पनि टिक्न दिएन , उसका लागि जारी खेलको १२ आै मिनेटमा लुुक डि योङले गोल गरी खेल बाबरीमा ल्याए ।
त्यस पछि पुन डि योङको गोलमा ३३ आै मिनेट सेभिल्लाले अग्रता लिन सफल भयो । त्यस्तै खेलको ३५ अौ मिनेटमा इन्टरका डिएको रोर्बट गोदानले गोल गरि पहिलो हाफ २-२ को बराबरीमा पुर्याए ।
त्यस्तै दोस्रो हाफमा खेलको ७४ आै मिनेटमा पुन सेभिल्लाले अग्रता बनायो , डिएगो कार्लोस सान्तोस सिल्भाले गोर गरे , उनको गोल नै सेभिल्लाको जितका लागि प्रयाप्त बन्यो ।
यस जितसँगै सेभिल्लाले कीर्तिमानी छैटौं पटक युरोप लिग उपाधि जितेको छ ।