१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको १२ हजार ५१९ स्वाब परीक्षणमा उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए। हिजो काठमाडौँ उपत्यकामा १८२ जना संक्रमित थपिएका थिए ।

