१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउनका लागि भन्दै प्रदेश तीनका सांसदहरुले हस्ताक्षर अभियान संचालन गरेका छन् ।
मुख्यमन्त्री पौडेलले पार्टीको निर्देशनलाई वेवास्ता गदैँ मनखुशी गरेको,सांसद र कार्यकर्तालाई अपमान गरेको लगायत आरोप लगाउदै उनलाई हटाउन पार्टीलाई दवाव दिन हरुताक्षर अभियान संचालन गरेको एक सांसदले खुलामञ्तलाई बताए ।उनका अनुसार ७० जना सासंदले मुख्यमन्त्री पौडेल हटाउ अभियान हस्ताक्षर गरिसकेका छन् ।


मुख्यमन्त्री पौडेललाई पार्टीले समयमै नहटाएका खण्डमा अविश्वासको प्रस्ताव ल्याउने तयारी समेत गरेको ती सांसदले खुलामञ्चलाई जानकारी दिएका छन् ।