१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीका बेला स्वास्थ्यकर्मी माथि भइरहेका दुर्वव्यवहारका घटनामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उपत्यकालगायत विभिन्न जिल्लामा चिकित्सकमाथि दुव्र्यवारका घटना सार्वजनिक भएपछि आयोगले सो कार्यमा संलग्नमाथि कारवाही गर्न माग गरेको छ ।
‘जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष रहेको आयोगको भनाई छ । आयोगले विज्ञप्तिमार्फत भनेको छ, “कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको लागि कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि नैभएका यसप्रकारका दुव्र्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन, उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ।”

