भदौ मसान्तसम्म लाइसेन्सकाे म्याद सकिए पनि जरिवाना नलाग्ने

होमल्याण्ड खबर

२०७७ भाद्र ९ गते, मंगलवार ११:२३ मा प्रकाशित

काठमाडाैं । बन्दाबन्दीकाे कारणले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद सकिएकाले भदौ मसान्तसम्म नवीकरण गर्न पाउने भएका छन्।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै लकडाउनकाे कारण बुझाउनु पर्ने जरिवाना शुल्क मिनाहा गरेको जनाएकाे छ।

याेसँगै सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए पनि भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन।