काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुदैँ

होमल्याण्ड खबर

२०७७ भाद्र १० गते, बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौँ।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुनेभएको छ ।गृह मन्त्रालयमा गएरातिसम्म तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेपनि निष्कर्षमा पुग्न नसकेपछि आज पुनःबैठक बसेर निर्णय गर्ने भएको हो ।

त्यसअघि हिजो साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी,प्रमुख जिल्ला अधिकारी (सिडीओ) र उपत्यकाका मेयरहरुबीचको संयुक्त बैठकले काठमाडौं,भक्तपुर र ललितपुरमा  एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो ।

भदौ ३ गते मध्यरातबाट काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा आज मध्यरातबाट सकिदैछ । उपत्यकामा कोरोना संक्रमणको अवस्था बढ्दै गएको भन्दै  निषेधाज्ञा लम्ब्याउने विषयमा सबै पक्ष सहमत भएको बताइएको छ ।