भक्तपुरका कोरोना संक्रमितको धुलिखेल अस्पतालमा मृत्यु

होमल्याण्ड खबर

२०७७ भाद्र १० गते, बुधबार ११:२० मा प्रकाशित

काभ्रे ।धुलिखेल अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर सुर्यविनायक ८ का ५५ वर्षीय कोरोना संक्रमितको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले जानकारी दिए ।

तीन दिन अघि अस्पतालमा भर्ना भएका उनलाई परिक्षणको क्रममा कोरोना पुष्टि भएको थियो । उनि मुटु र थाइराइडको बिरामी रहेको थिए।