काठमाडौँ उपत्यकामा ३०१ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ भाद्र १० गते, बुधबार १६:५२ मा प्रकाशित

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले  पछिल्लो  २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा उपत्यकामा थप ३०१ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए ।

यस्तै  पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ। हालसम्म डिस्चार्ज हुने दर ५६ दशमलव ६ प्रतिशत रहेको छ

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। होम आइसेलेसनमा ६ हजार २८ जनाको उपचार भइराखेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ११ जना रहेका छन् भने ९ हजार ८ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन्।नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको छ।