काठमाडौँ उपत्यकामा थप गरिएको निषेधाज्ञा आजबाट जारी

होमल्याण्ड खबर

२०७७ भाद्र ११ गते, बिहीबार ०९:४४ मा प्रकाशित

काठमाडौँ। काठमाडौँ उपत्यकामा आजबाट निषेधज्ञा थप गरिएको छ ।काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको वैठकले उपत्यकामा थप एक साता निषेधज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधज्ञा गएराित १२ बजेबाट सकिएकोछ ।  थपिएको अवाधि आगामी भदौ १७ गते राति १२ बजे सकिनेछ ।

उपत्यकामा कोरोना सङ्क्रमणको दर बढेकाले निषेधाज्ञा बढाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । निषेधज्ञा अवाधिमा अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गरिएको छ ।  प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार सर्वसाधरणलाई औषधि र खाद्यवस्तु खरिदबाहेक घरबाट बाहिर निस्कन नपाइने उल्लेख छ ।

अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने काठमाडौं जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनमा पनि थप कडाइ गरिएको छ । काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार नाघिसकेको छ ।