१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गर्दा ३३४ महिला र ७ सय ७७ पुरुष गरी थप १ हजार १११ जनामा कोरोना पुष्टि भएको भएको जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ।


नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ४७ हजार ८८१ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् ।