उपत्यकामा थप ४ सय १५ जनामा संक्रमण

होमल्याण्ड खबर

२०७७ भाद्र १२ गते, शुक्रबार १६:३२ मा प्रकाशित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय ५० संक्रमित थपिएका छन् भने ललितपुरमा ११ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५४ जना संक्रमित देखिएका छन् ।