पाटन अस्पतालमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

होमल्याण्ड खबर

२०७७ भाद्र १३ गते, शनिबार १२:१५ मा प्रकाशित

काठमाडौं । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया गरि दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए ।

दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको शाक्यले बताए । काठमाडौंकी ५१ वर्षीय महिलाक शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।

काठमाडौंकी महिलामा उच्च रक्तचापको समस्या थिय​ भने भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको उनले बताए।