९ बैशाख २०८२, मंगलवार
विश्वप्रसिद्द्ध उपन्यासकार फिलिप रोथको निधन भएको छ । पुलिट्जर पुरस्कार विजेता रहेका अमेरिकी उपन्यासकार फिलिप रोथको ८५ वर्षको उमेरमा मंगलबार निधन भएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाले जनाएका छन् । उनको निधन भएको कुरा अमेरिकाबाट प्रकाशन हुने पत्रिका दि न्युयोर्कटाइम्सलाई उनका एक साथीले बताएका छन् ।
१९९८ मा ‘अमेरिकन पास्टोरल’ का लागि फिक्सन तर्फको पुलिट्जर पुरस्कार पाएका रोथ तत्कालिन समयका एक चर्चित साहित्यकार तथा उपन्यासकार हुन् । उनी अमेरिकाको न्युयोर्क र केन्टुकीमा बस्दै आएका थिए । नोबेल पुरस्कार पाउने अब्बल साहित्यकार भए तापनि उनले नोवेल पुरस्कार त पाएनन् तर अरु अन्य सम्मान र पदवीहरु भने उनले पाएका थिए ।
दुई पटक राष्ट्रिय पुस्तकर अवार्ड, दुई पटक नेशनल बुक क्रिटिक्स सर्कल अवार्ड, तीन पटक पेनरफल्कनर अवार्ड, पुलिट्जर पुरस्कार तथा म्यान बुकर इन्टरनेशनल पुरस्कार पाएका उनलेआफ्नो उमेरको ६० को दशकमा ऐतिहासिक उपन्यासको श्रृङ्खला नै प्रकाशित गरेर आफ्नो क्षमताको पहिचान विश्वभर दिलाएका थिए ।
उनका सबैभन्दा चर्चित उपन्यासमा अमेरिकन पास्टोरल, द ह्युमन स्टेन र आइ म्यारिड अ कम्युनिष्ट रहेका छन् । यी उपन्यासमा उनले अमेरिका र अमेरिकनसँगको आफ्नो रि–इनगेजमेन्टको थिमलाई प्रयोग गरेका छन् ।