१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ ।
पीसीआर परीक्षण महँगो भएकोले सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।


आज नियमित कोरोना बिफ्रिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्न आग्रह गर्नुभयो ।
उहाँले होम आइसोलेशनमा बस्दा आफू मात्रै नभइ अरु व्यक्ति पनि सुरक्षित हुने भएकाले लक्षण नदेखिएका संक्रमितहरु अस्पतालमा जानु नपर्ने उहाँको भनाई छ ।