चितवनमा १० महिने शिशुसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ भाद्र १५ गते, सोमबार ०९:४० मा प्रकाशित

काठमाडौं । चितवनमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट गएराति प्राप्त विवरणमा चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यता भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरु १० महिने शिशुदेखि ६५ वर्षीया वृद्धासम्म रहेका छन्।