काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ भाद्र १५ गते, सोमबार १८:४९ मा प्रकाशित

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना परीक्षणका लागि दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यकी पत्नीलाई स्वास्थ्यमा समस्या भएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण नदेखिएको मेयर शाक्यको सचिवालयले जनाएको छ। मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् ।