उपत्यकाको निषेधाज्ञा : भोलि गृहमन्त्रालयमा पेश गरेर निर्णय लिइने

होमल्याण्ड खबर

२०७७ भाद्र १६ गते, मंगलवार १५:४९ मा प्रकाशित

काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने भन्ने विषयमा साझा धारणा तयार गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने वा निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने भन्ने विषयमा साझा धारणा तयार गरेका हुन् ।

स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपछि बनेको उक्त धारणालाई भोलि गृह मन्त्रालयमा लैजाने बताइएको छ ।
हालको परिस्थिति अनुसारको विकल्पको उपयुक्तता हेरेर गृह मन्त्रालयले अनुमोदन गरेपछि निर्णय गरिने जानकारी गराइएको छ ।

कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ । उक्त निषेधाज्ञाको अवधि भदौ १७ गते राति १२ बजे सकिदैछ ।