पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ८१ जनामा संक्रमण

होमल्याण्ड खबर

२०७७ भाद्र १६ गते, मंगलवार १६:३२ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८१ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ३ सय ९३ संक्रमित थपिएका छन् भने ललितपुरमा ५८ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ३० जना संक्रमित देखिएका छन् ।