१० जेष्ठ २०८३, आईतवार
प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका नेता एवं कोभिड १९ को अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले कोरोना संक्रमण नियन्त्रणमा सरकारले प्रतीपक्ष दल कांग्रेससंग सहकार्य नगरेको आरोप लागाएका छन् । उनले कोरोनाका नाममा सरकार लुटमा व्यस्त भएका कारण प्रतीपक्षी दलका कुरा नसुनेको दावी समेत गरेका छन् ।
‘लकडाउन खोल्ने र लगाउने बाहेक सरकारले अरु काम गर्न नसकेको,’भन्दै उनले नागरिकको जीवन कसरी चलेको छ ? सरकार बेखबर बनेको,’ आरोप डा. महतले लागाएका छन् । । डा. महातले- ‘विदेशमा रहेका नेपालीलाई निशुल्क नेपाल ल्याएर उनीहरुको पीसीआर पनि निशूल्क गर्न कांग्रेसले गरेको माग प्रति सरकार उदासिन बनेको,’ बताएका छन् ।


‘कोरोनालाई देखाएर सरकार यता पैसा कमाउन व्यस्त हुने उता नागरिकले ज्यान गुमाईरहने अवस्थालाई समय मै चिर्न कांग्रेससंगै जनता पनि विरोधमा उत्रनु पर्ने,’ डा.महतले बताएका छन् । ‘कोरोना संक्रमणका बारेमा अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि कांग्रेसले प्रधानमन्त्री र मन्त्रीलाई पटकपटक भेट्न खोजे पनि भेट नदिएको गुनासो,’ समेत डा. महतले गरेका छन् ।
उनले – ‘सरकारले कोरोना संक्रमण रोक्नका लागि कुनै पनि विशेष कार्यक्रमहरु ल्याउन नसकेका कारण अवस्था भयाभह बन्दै आएको,’ बताएका छन् ।’शालीन प्रतीपक्षलाई नेकपाको ओली सरकारले नजर अन्दाज गर्दै गरेको हो , भने यसको ठूलो मूल्य चुकाउनु पर्ने चुनौती ,’डा.महतले दिएका छन् ।
डा. महतले भने – ‘कांग्रेस सरकारसंग मिलेर कोरोनाका नाममा भ्रष्टाचार गर्यो भन्नू पूर्ण गलत भएको,’ बताएका छन् । कांग्रेसले कोरोनाका बारेमा देशैभरि विभिन्न काम गरेको ,’दावी समेत डा. महतले गरेका छन् ।
‘प्रधानमन्त्रीले वेसारपानी खान र हाछ्यूँ गर्न सल्लाह दिएर मात्रै कोरोना संक्रमण नरोकिने भएका कारण योजनाका साथमा प्रतीपक्षसंग सहकार्य गरेर अगाडि बढ्न उनले सरकारलाई सल्लाह’, समेत दिएका छन् ।