१० मंसिर २०८१, सोमबार
एजेन्सी : पाकिस्तान र इंग्ल्याण्डबीचको निर्णायक टी २० सिरिज बराबरी भएको छ । पहिलो टी २० वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी २० मा इंग्ल्याण्ड विजयी भएको थियो ।
बुधबार विहान सकिएको अन्तिम तथा तेस्रो टी २० मा पाकिस्तानले ५ रनको जीत निकाल्दै सिरिज बराबरी गरेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर ४ विकेटको क्षतिमा १९० रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले नट आउट ८६ रन जोडेका थिए । यसैगरी हैदर अलिले ५४ रनको योगदान गरे ।
इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिए ।
१९१ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्रै बनाउन सक्यो ।
इंग्ल्याण्डका लागि मोइन अलिले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टमले ४६ रन बाहेक अन्यको राम्रोसँग ब्याटिङ चलेन ।
यता पाकिस्तानको लागि वुहाव रियाज र सहेन्सा अफ्रिदीले दुई दुई विकेट लिए ।