आज बसेको संयुक्त बैठकको निर्णय अुनसार काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अब भदौ २४ गतेसम्म कायम रहने छ ।


बैठकले निषेधाज्ञा केही खुुकलो भने बनाइने निर्णय गरेको पनि बताइएको छ । यद्धपि यो निर्णयको बारेमा औपचारिक जानकारी सार्वजनिक हुन भने बाँकी छ ।
कोरोना संक्रमण तीव्र रुपमा फैलिएसँगै काठमाडौं उपत्यकामा गत भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
पहिलो चरणमा ७ दिनका लागि जारी गरिएको निषेधाज्ञा १० गते सकिएको थियो । त्यसपछि पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।




