१० जेष्ठ २०८३, आईतवार
गोरखा। मानो रोपेर मुरि उब्जाउने समय हो यो। यस समय कोरोना भाइरसले सारा बिश्व नै आतंकित बनाएको बेला नेपाल पनि चोखो रहेन। महामारिले देशको अर्थतन्त्र नै धराशाही बनीरहेको बेला कृषि क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ।
यो सङै मुलुक भर रसायनिक मलको चरम अभाब भएको छ।
त्यस्तै गोरखा जिल्ला भिमसेन थापा गाउपालिकामा पनि मलको हाहाकार चैत देखि नै हुँदै आएको छ । गत बैशाखमा नेता कृष्ण धितालले पनि ८० बोरा मल पठाउनु भयो तर आफ्ना मान्छे लाई कृषकले जसोतसो जोहो गरेर मकै उत्पादन गरे तर अहिले किसानले धान बारिमा हाल्न पाएका छैनन।
उक्त सहकारी लाइ मल ल्याउने गरि कागज पत्र बनाइदियो मल पनि गाउपालिका भित्रीयो तर सहकारीका अध्यक्ष भरत ढकालले आफ्ना सेयर धनिलाइ नपुर्याइ अन्त दिन नमिल्ने बताएको एक कृषकले हामिलाई जानकारी दिनु भयो। सहकारी अध्यक्ष ढकालले र गाउपालिका अध्यक्ष ईश्वर पाण्डे ले आफ्नो गाउलाई मात्र दिएको बताए।
थोरै मात्रामा बगुवा र मसेल मा बितरण भयो तर हामिलाई आएन उनले भने।


उक्त सहकारी ले पुरै गापा लाई बितरण गर्ने भने पनि आफ्ना सेयर धनिलाई ३,४ पटक दिइसकेको छ र गापा अध्यक्षको गाउमा पनि त्यसै गरि बितरण गरेका छन तर गापा कै धेरै उब्जनी हुने वाड न २,३ लगायत अन्य ठाँउका किसानले मल पाएका छैनन् । मल पाइएन उब्जनी हुदैन अब के गर्ने? गापाको आशा थियो त्यो पनि टर्यो । अब उब्जनी कम हुन्छ पछि खाद्य संकट आउन सक्ने कृषकहरूकाे गुनासाे छ ।