१० जेष्ठ २०८३, आईतवार
गोरखाः गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकोहो ।
परिवारका तीन सदस्यमा कोरोना देखिएपछि ती वृद्धाको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । उनको शनिबार कोरोना रिर्पोट पोजेटिभ आएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकाललेबताए ।


प्यारालाइसिस र मस्तिष्कघातकी बिरामी रहेकी उनलाई शनिवार अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको २ घण्टामा नै उनलाई अस्पतालका डाक्टरले मृत घोषणा गरेको ढकालले बताए ।उनको शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।