१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६११ नमूनाको पीसीआर परीक्षणमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना २२ सय ८७ जनाले कोरोना जितेका छन्। यो सगैँ डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । यो ६८ प्रतिशत हो । १४ हजार ८६८ कोरोनाका सक्रिय संक्रमित छन् ।


यस्तै मन्त्रालयका अनुसार ८ हजार ०५३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन् । क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्। यस्तै १४४ आइसीयूमा उपचार भइरहेको छ भने २३ जना भेन्टिलेटरमा छन्।