१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा आजबाट खुकुलो बनाइएको छ । हिजो बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आजबाट उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्नुका साथै बार अनुसार बजार पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्न दिइने नियम अनुसार आज पहिलो दिन बिजोर नम्बर प्लेटका सवारी साधन सन्चालनमा आएको छ ।


यस्तै विभन्न प्रयोजनका पसल तथा सपिङ मलहरुलाई पनि आजबाट बार अनुसार सञ्चालन गर्न दिइएको छ ।
निषेधाज्ञाबाट जनजीवनमा परेको प्रत्यक्ष प्रभावलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको मापदण्ड अपनाई अधिकांश क्षेत्र सहज बनाइएकोे काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। भीडभाड हुने स्थान चलचित्र घर, उद्यान पार्क, पार्टी प्यालेस, मठ मन्दिर, लामो दूरीका सवारी, सामूहिक भोज, पार्टी, जात्रा–मेला, सभा–जुलुस तथा भेला लगायतका कार्यक्रम भने निषेध गरिएको छ ।