१० मंसिर २०८१, सोमबार
एजेन्सी : जापानकी नाओमी ओसाकाले युएस ओपन टेनिसको उपाधी जितेकी छिन।आइतबार बिहान भएको फाइनल खेलमा बेलारुसकी खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै उनले उपाधी जितेकी हुन।
पहिलो सेट गुमाएकी ओसाकाले त्यसपछि उत्कृष्ट कमब्याक गर्दै उपाधी जितिन।उनी पहिलो सेटमा ६-१ ले पराजित भएकी थिइन।त्यसपछिका दुबै सेटमा ६-३ को जित निकाल्दै ओसाका च्याम्पियन बनिन।
यो उपाधीसँगै उनले तेस्रो ग्रान्डस्लाम उपाधी जितेकी छिन।यसअघि उनले २०१८ को युएस ओपन र २०१९ को अष्ट्रेलियन ओपन टेनिसको उपाधी जितेकी थिइन।यस्तै उनले फाइनल पुगेका सबै ग्रान्डस्लामको उपाधी जित्ने कीर्तिमान समेत कायम गरेकी छिन।