सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव फेला

होमल्याण्ड खबर

२०७७ भाद्र २८ गते, आईतवार १२:०३ मा प्रकाशित

चौतारा : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा हराइरहेका मध्ये ७ जनाको शव फेला परेको छ ।

बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका २४ घर बगेका थिए । अझै २४ जना हराइरहेका छन् ।

पहिरो गएको स्थलमा सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका छन् । उनी आज बिहानै घटनास्थल गएका हुन् । पहिरोमा वेपत्ताको खोजीकार्यमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीका साथै स्थानीय तहका प्रतिनिधि र स्थानीयबासी जुटेका छन् । भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको थियो ।