१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः कोरोना संक्रमणबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत चारजनाको मृत्यु भएको छ ।
शनिबार बिहानदेखि आइतबार बिहानसम्मको अवधिमा काठमाडौंका तीन र सिन्धुपाल्चोकका एक गरी चारजनाको मृत्यु भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।


कोरोनाबाट मृत्यु हुनेमा काठमार्डौका ५९, ६४, ७० वर्षीय पुरुष रहेका छन् भने सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
कोरोनाबाट मृत्यु भएका तीनजनामा मधुमेह, मिर्गौलालगायत विभिन्न दीर्घरोग रहेको र एकजना कोरोना संक्रमणकै कारण मृत्यु भएको डा.दासले जानकारी दिए ।