परराष्ट्र मन्त्री ज्ञवालीले पाए सरकारको प्रवक्ताको जिम्मेवारी

होमल्याण्ड खबर

२०७७ भाद्र ३० गते, मंगलवार १४:३६ मा प्रकाशित

काठमाडौं।  सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिएका हुन्।

तत्कालका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको हो। अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्तामा आफूलाई तोकिएको ज्ञवालीले जानकारी दिए।

सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी भने अहिले प्रधानमन्त्री मातहत नै रहेको छ। विभागीय मन्त्री आउन केही समय लाग्ने भएकाले प्रवक्ताको जिम्मेवारी ज्ञवालीको दिइएको हो।

यसअघि प्रवक्ताको भूमिकामा रहेका डा युवाराज खतिवाडाले राजीनामा दिएपछि प्रवक्ताको ठाउँ खाली रहेको छ। अर्थसँगै खतिवाडाले सुचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए।