उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

होमल्याण्ड खबर

२०७७ भाद्र ३० गते, मंगलवार १६:५४ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ रहेको छ । संक्रमित मध्ये ४० हजार ६३८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा १०६२ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।