एसिड आक्रमणका पीडितलाई आजीवन उपचार

होमल्याण्ड खबर

२०७७ भाद्र ३१ गते, बुधबार १२:०१ मा प्रकाशित

काठमाडौं : सरकारले एसिड आक्रमणबाट पीडित भएकाहरुलाई  आजीवन उपचार गर्ने भएको छ । एसिड आक्रमणविरुद्ध अध्यादेश मार्फत कानून ल्याउने तयारी  गरेको सरकारले उनीहरुलाई  समाजमा पुनःस्थापनाका लागि विभिन्न सहयोग समेत  गर्ने भएको छ ।

सरकारले हरेक वर्ष भदौ २५ गते एसिड आाक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाइने भएको छ। सोमबार बसेको मन्त्री परिषद् बैठकले भदौ २५ लाई एसिड आाक्रमण विरुद्धको जागरण दिवस  मनाउने घोषणा गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणविरुद्ध  कडा कानून ल्याउने घोषणा गरेको दिन भदौ २५ लाई  एसिड आक्रमणविरुद्ध  जागरण दिवसका रुपमा मनाउने निर्णय गरेको जानकारी  प्रवक्ता  ज्ञवालीले दिए।