कांग्रेस महामन्त्री काेइरालाकाे स्वास्थ्य सुधाराेन्मुख : अस्पताल

होमल्याण्ड खबर

२०७७ भाद्र ३१ गते, बुधबार १२:३४ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री डा. शंशाक अस्पताल भर्ना भएका छन् ।

निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम् अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।