भारतमा तयार पारिएको छुकछुके रेल आज जनकपुर आइपुग्यो

होमल्याण्ड खबर

२०७७ आश्विन २ गते, शुक्रबार १५:२० मा प्रकाशित

काठमाडाैं । जयनगर-जनकपुर रेलको ट्रेन सेट आज नकपुर आइपुगेकाे छ । हिजाे साँझ भारतकाे जयनगरबाट हिँडेकाे रेल अहिले जनकपुर पुगेकाे हाे ।

लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि रेल हेर्न धेरै जनकपुरवासी गएका छन् । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ ।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो। गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो।

नेपालले करिब ८६ करोड रुपैयाँमा दुई सेट डेमु ट्रेन खरिद गरेको हो। रेल दशैंपछि सञ्चालन गरिने बताइएकाे छ ।