१० मंसिर २०८१, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज (आइतबार) जवाफ दिने भएका छन् ।
बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक शुरु भइरहेको छ । त्यस्तै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।
ती दुई बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।
उक्त नीति तथा कार्यक्रममाथि दुवै सदनमा तीन दिन सम्म भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले आज दिन लागेका हुन् ।