देशभर थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ आश्विन ४ गते, आईतवार १६:३१ मा प्रकाशित

काठमाडौं । नेपालमा १३२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३२५ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६४ हजार १२२ रहेको छ । संक्रमित मध्ये ४६ हजार २३३ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।