उपत्यकामा ६३७ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन ७ गते, बुधबार १७:०१ मा प्रकाशित

काठमाडौंः काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुषमा कोरोना संक्रमण देखिएको छ । मंगलबार काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ कोरोना संक्रमित थपिएका थिए ।.

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार४४९ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९३ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।