हप्तामा २ दिन विदा दिने सरकारको प्रस्ताव

होमल्याण्ड खबर

२०७७ आश्विन ८ गते, बिहीबार १६:०७ मा प्रकाशित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा २ दिन विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा आज बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा २ दिन विदा दिने सम्बन्धमा अध्ययन कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले सातामा २ दिन विदा उचित रहेको तर अन्य दिन ८ घण्टा दैनिक डिउटी बनाउनु पर्ने समेत सुझाव दिएको छ । उक्त बिषयमा छलफल गर्न पर्यटन मन्त्रालयका सह–सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागकमा प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको समिति निर्माण गरिएको छ ।

जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरु समेत रहेका छन ।