१० मंसिर २०८१, सोमबार
एजेन्सी : यूएईमा जारी १३औं आईपीएल अन्तर्गत श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापीटल्सले महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै लगातार दोश्रो जित दर्ता गरेको छ।
पहिलो खेलमा दिल्लीले किंग्स ईलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो। चेन्नाईको यो दोश्रो हार हो। पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गरेपछि राजस्थानसंग चेन्नाई १६ रनले पराजित भएको थियो।
खेलमा दिल्लीले लगातार दोश्रो खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेलाई बाहिर राखेको थियो ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा ४४ रनको जित दर्ता गर्ने क्रममा दिल्लीले पहिले ब्याटिंग गर्दै दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।