प्रधानमन्त्रीकी निजी चिकित्सक डा. शाहलाई कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ आश्विन १० गते, शनिबार १६:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । निजी चिकित्सक प्राडा दिव्या सिंहलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार भएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्राडा सिंहले जानकारी दिनुभएको छ । लक्षणका रुपमा ज्वरो आएको र हल्का थकाइ लागेको अनुभव भएको सिंहले बताउनुभएको छ ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन रहनुभएकी सिंह होम आइसोलेसनमा बस्नुभएको जानकारी गराउनुभएकाे छ ।