१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ : सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै सरकारले परराष्ट्र सचिव वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
यस्तै सरकारले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । भने रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।

