जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु

होमल्याण्ड खबर

२०७७ आश्विन १८ गते, आईतवार १०:३५ मा प्रकाशित

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित

सुत्केरीको मृत्यु भएको  

कञ्चनपुरको महेन्द्रनगर निवासी २९ वर्षीया महिलाको आज बिहान साढे  बजे मृत्यु भएको हो 

उनले एक छोरा  एक छोरीलाई जन्म दिएकी थिइन्  उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकीथिइन् 

गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको  सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो  त्यसपछि उनको पाठेघरको अपरेसनकासाथै  पोका होल रगत   पोका प्लेटलेट रगत दिइएको थियो 

साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो  कोरोना संक्रमणपुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो  असोज १५ गते अपराह्न बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको  रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज बिहान मृत्यु भएकोअस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख