सर्वोच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ आश्विन १८ गते, आईतवार १२:२६ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतका १ जना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सर्वोच्च अदालत प्रशासनले न्यायाधीशसहित केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका न्यायाधीश गत बिहीबार बसेको सर्वोच्च अदालत फुलकोर्टको बैठकमा सहभागी थिए ।

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बसेको फुलकोर्टमा सर्वोच्च अदालतका १७ जना न्यायाधीश उपस्थित थिए ।

फुटकोर्टमा उपस्थितमध्ये १ जना न्यायाधीशमा कोरोना देखिएपछि अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित अन्य न्यायाधीश र कर्मचारीहरु क्वारेन्टाइनमा बसेका छन् ।

कोरोनाका कारण न्यायाधीश र कर्मचारीहरु क्वारेन्टाइनमा बसेपछि आइतबार सर्वोच्च अदालतमा एउटा मात्रै इजलाश गठन गरिएको छ ।

न्यायाधीशश मनोजकुमार शर्माको नेतृत्वमा गठन गरिएको इजलाशमा ११ वटा रिटमाथि सुनुवाईका लागि पेशी तोकिएको छ ।